1) नेपालमा महिला शिक्षाको सुरुवात कहिलेदेखि भयो ? ➡️वि. स. १९४५ 2) नेपालमा महिला शिक्षा सुरु गर्ने भारतकी महिला को हुन्? ➡️ गंगावाइ 3) कन्या पाठशालाको स्थापना कहिले भयो ? ➡️ वि. स. १९८० 4) महिलाका लागि समान अवसर कार्यक्रम कहाँबाट सुरु भयो ? ➡️पोखरा पृथ्वीनारायण क्याम्पस 5) महिला शिक्षा परियोजना जुम्ला क्याम्पसमा कहिले सञ्चालन भयो ? ➡️वि. स. २०३६ 6) महिला शिक्षा परियोजनाको कार्यालय कहिले शिक्षा मन्त्रालयमा खडा गरियो ? ➡️वि. स. २०४० 7) त्रि चन्द्र कलेजमा वि. स. २००४ मा कति छात्राहरू भर्ना भएका थिए? ➡️४ जना 8) महिलाको नाममा जग्गा दर्ता गर्दा कति प्रतिशत राजस्व छुट हुन्छ ? ➡️25% 9) वि व्य स मा अभिभावकमध्ये कम्तीमा कतिजना महिला सदस्य अनिवार्य गरेको छ? ➡️१ 10) राष्ट्रपति महिला उत्थान कार्यक्रम कति जिल्लामा सञ्चालित छ? ➡️30 जिल्ला 11) लिंगभेद भन्नाले के बुझिन्छ ? ➡️स्त्री र पुरुष बिचको जैविक/ प्राकृतिक भिन्नता 12) जेण्डर भन्नाले के बुझिन्छ ? ➡️महिला र पुरुषबिचको सामाजिक भिन्नता 13) राष्ट्रिय शिक्षा परिषदमा कम्तीमा कतिजना महिला सदस्य मनोनीत हुन्छन् ? ➡️५ जना 14) कुन आवधिक योजना देखि महिला...